देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको दक्षिणी भू(भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । अहिले देशका अधिकांश भूभागमा सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाको अनुमान छ । लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




















