रोकीएका त्रिविका सबै परिक्षा यसै बर्षभित्र सम्पन्न गर्ने तयारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ ,असार १२
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताउनुभयो । त्रिविको गत वर्ष भदौमा हुनुपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुनसकेको छैन । पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि सुरु गर्न थालेको छ । त्यसपछि स्नातक तह कानुनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका रहेको छ ।


प्रकाशित : २०७८ असार १२, शनिबार १२:२७