पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जना संक्रमण मुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ ,असार १२
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जना संक्रमण मुक्त बनेका छन् । यससँगै देशभर कोरोनाका संक्रमित निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । यस्तै २ हजार १६ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९ हजार ८ सय १० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ जना पीसीआर विधिबाट परिक्षण गरिएकाहरु र एन्टिजेन विधिबाट परिक्षण गरिएका ३१ हजार ५३१ जना पुगेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ ।


प्रकाशित : २०७८ असार १२, शनिबार १२:३४