१ घण्टामा २० हजार बढी बिरुवा रोपियो, कोराना महामारीका बीच रुख रोप्न १५ सय व्यक्ति सहभागी

[sharethis-inline-buttons]

बुटवल , १४ असार
प्रकाश गौतम
लुम्बिनी प्रदेश सरकारले १ घण्टामै करिव २० हजार भन्दा बढी बिरुवा रोपेको छ । कोराना माहामारिको बिचमा प्रदेश सरकारले १५ बढी ब्यत्तीको बिचमा वृक्षारोपण गरेको हो ।
राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले ‘तेस्रो वृक्षारोपण मुल समारोह कार्यक्रम’ नाम दिएर पश्चिम नवलरासीको सुनवलको कोटही देवी सामुदायिक वनमा यती ठुला सख्यामा बिरुवा रोपेको हो ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा ५० प्रतिशत वन क्षेत्र रहेको बताईपनि काठ पैदावार विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै दुःख ब्यत गरेका थिय । उनले बाध्यतालाई हटाउन वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको र त्यसका लागि प्रदेश सरकार लागि परेको बताए ।
कार्यक्रममा उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले नेपालमै रेकर्ड कायम गर्ने गरी प्रदेश सरकारले ‘मुल समारोह कार्यक्रम’ तय गरेर वृक्षारोपण गरेको भन्दै खुसी ब्यक्त गरिन् । डिभिजन वन कार्यालय नवलपरासीका डिभिजनल अधिकृत शंकर प्रसाद गुप्ताले १ घण्टामा लक्ष्यभन्दा बढी २० हजार ९ सय १७ वटा विरुवा रोपिएको दाबि गरेका छन ।
सामुदायिक वनको २९ हेक्टर क्षेत्रफलमध्ये १५ हेक्टरमा वृक्षारोपण गरिएको हो ।


प्रकाशित : २०७८ असार १४, सोमबार ०७:५६