देशभरको मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना

ByLumbini Darpan Online

१४ असार २०७८, सोमबार ०८:०१ १४ असार २०७८, सोमबार ०८:०१ १४ असार २०७८, सोमबार ०८:०१

देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई आज दिनभर र राती समेत केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले मौसम प्रभावित भएको हो । अहिले देशभर सामान्यदेखि पूर्ण बदली केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । आज राती पनी देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *