
काठमाडौं असार १८
नेपालमा अझै केही दिन पानी पर्ने सम्भावना रहेको मौसमबिदहस्ले जानका।ी दिएका छन ।हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा ुुवर्षा भइरहेको र भारी वर्षाको पनि सम्भावना रहेकोुु सरकारी निकायहरूले जनाएका छन्। यस क्षेत्रमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको बाढी पूर्वानुमान शाखाले आफ्नो ह्यान्डलबाट ट्विट गर्दै आज कोशी, नारायणी र यसका सहायक नदीहरू तथा कन्काई, कमला, बागमती, पूर्वी रापती लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान रहेको जनाएको छ।
निरन्तर वर्षाका कारण आएको बाढी र नदीमा बढेको बहावका कारण कतिपय स्थानमा पुल र सडक लगायतका संरचनाहरू भत्किएका छन्।