आज राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने

[sharethis-inline-buttons]

२० असार ।

मौसम पूर्वानुमान महाशाखाले आज राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । महाशाखाका अनुसार आजराति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुइ स्थानमा धेरै भारि बर्षाको पनि संभावना रहेको मौसम पूर्वानुमान महाशाखालेजारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार भोलि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।


प्रकाशित : २०७८ असार २०, आईतवार १३:२३