आज देखि पुनः मौसम सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

ByLumbini Darpan Online

२३ असार २०७८, बुधबार ०७:५८ २३ असार २०७८, बुधबार ०७:५८ २३ असार २०७८, बुधबार ०७:५८

मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । आज देखि पुनः मौसम सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज राति देशका अधिकाश भूभागमा बदली रहनुका साथै मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *