
काठमाडौं,असार २४
आज दशभरका विभिन्न ठाउँमा बर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा आज रातिदेखि लगातार वर्षा भइरहेको छ ।प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
लगातारको वर्षाका कारण आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सयौं यात्रु बाटोकै अलपत्र परेका छन् ।पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको प्रहरीलेजानकारी दिएको छ ।प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागको अनुमान रहेको छ ।
नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले अनुुरोध गरेको छ ।