बुटवल(पाल्पा सडकखण्ड सूचारु

ByLumbini Darpan Online

२७ असार २०७८, आईतवार १०:०५ २७ असार २०७८, आईतवार १०:०५ २७ असार २०७८, आईतवार १०:०५

बुटवल ,असार २७
पहिरोका कारण अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड सूचारु भएकोे छ । सिद्धबाबा क्षेत्रमा दुई तर्फी रुपमा र राम्दीमा एकतर्फी रुपमा सडक सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बताएको छ । राम्दीको पहिरो अहिले पनि हटाउने क्रम जारी रहेकाले पानी नपरेमा केही समयमा नै दुईतर्फी रुपमा नै सञ्चालनमा आउने पनि प्रहरीले जानकारी दिएको छ गएरातिको वर्षाको कारण पाल्पाको तिनाउ गाउँपालिका स्थित सिद्धबाबा क्षेत्र र राम्दीमा पहिरो जाँदा सो सडक आज बिहानदेखि अवरुद्ध भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *