आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो बर्षाको सम्भावना

[sharethis-inline-buttons]

लुदअ ,काठमाण्डौ असार ३१

( आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो वषर््ाको सम्भावना रहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । पर्सि शनिवारदेखि देशैभरि मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सर्तक रहन विभागले आग्रह गरेको छ ।अहिले पनि प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
आजराति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।


प्रकाशित : २०७८ असार ३१, बिहीबार ०१:४८