
असार ३१
रुपन्देहीमा निषेधआज्ञा थप खुकुलो हुने भएको छ । निषेधआज्ञा खुकुलो भए सगै सार्वजनिक तथा निजी सवारी साधनमा जोर–विजोर प्रणाली हट्ने छ ।
आज बस्ने बैठकले निषेधाज्ञालाई थप खुकुलो गरी सबै सवारी साधनमा जोर–विजोर प्रणाली हटाउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिएका छन ।
आज डिसिएमसीको बैठक बस्दै छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले ‘सवारी साधनमा जारी जोर–विजोर प्रणाली हटाउने छलफल हुने जानकारी दिएका छन ।’ यस्तै कोरोना संक्रमणको दर केही बढेकाले तत्काल भौतिक रुपमा शैक्षिक संस्था, मेला महोत्सव र भिडभाड हुने गतिविधि गर्न भने रोक लगाइने उनले बताए । निषेधाज्ञालाईलाई भने खुकुलो बनाएर थप्ने तयारी रहेको पाण्डेले बताए ।
प्रशासनले रुपन्देहीमा निजी सवारी साधनलाई असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा चल्न दिएको थियो भने सार्वजनिक सवारी साधनलाई सो नियम अनुसार असार १६ गतेबाट चल्न दिएको थियो । रुपन्देहीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैँ छ ।

