गुल्मीमा जीपको ठक्करबाट एक जनाको ज्यान गयो , चार जना घाइते

ByLumbini Darpan Online

३१ असार २०७८, बिहीबार ०९:१८ ३१ असार २०७८, बिहीबार ०९:१८ ३१ असार २०७८, बिहीबार ०९:१८

लुदअ,गुल्मी असार ३१

गुल्मीमा जीपको ठक्करबाट एक जनाको ज्यान गएको छ । जीपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षका सुदन पाण्डेको ज्यान गएको र दुर्घटनामा परी जीपमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जीपले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

 

दुर्घटनामा घाइते भएका पाण्डेको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा ज्यान गएको गुल्मी प्रहरीले जनाएको छ ।

 

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *