कक्षा १२ को परीक्षाको मिति तोक्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

ByLumbini Darpan Online

५ श्रावण २०७८, मंगलवार १०:५१ ५ श्रावण २०७८, मंगलवार १०:५१ ५ श्रावण २०७८, मंगलवार १०:५१

लुदस, काठमाडौँ, साउन ५

कक्षा १२ को परीक्षाको मिति तोक्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । बोर्डले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०बाट परीक्षा गर्न अनुमति पाएपछि आज साँझ अपराह्न बजे बोर्डको बैठक बस्न लागेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उनकाअनुसार बोर्डले सम्पूर्ण तयारी गरिसकेको अवस्थामा परीक्षाको मितिको लागि मात्र बैठक बस्न लागेको हो । “परीक्षाको मिति टुंगो लगाउने तयारी गरेका छौँ । त्यो आजैकै बैठकबाट पनि टुंगो लाग्न सक्छ ।” परीक्षा साउनको तेस्रो साताबाट हुने वा साउनकै अन्तिम साताबाट गरिनेबारे आजको बैठकमा छलफल गरिने उनले बताए । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बस्ने बैठकमा बोर्ड सदस्यहरू सबै उपस्थित हुनेछन् ।

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले पनि परीक्षाको मितिलाई अब धेरै कुर्न नपर्ने बताए । उनले सीसीएमसीले अनुमति दिइसकेकाले छिट्टै नै परीक्षाको मिति र परीक्षा तालिका सार्वजनिक गरिने जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *