
बुटवल , साउन ८
अपराधमा संलग्न फरार ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । आफनै घरमा लुक्दै बसेका उनीहरुलाई वडा कार्यलय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
बुटवल उमनपा ४ स्थायी घर भई हाल नवलपुर मध्यविन्दु न।पा।१४ बस्ने ५८ बर्षका पुर्ण बहादुर पाण्डेलाई जवर्जस्ती करणिको अभियोगमा ,बैंक कसुरमा रुपन्देही बुटवल उ।म।न।पा।८ बस्ने अशोक कुमार शर्मा, बुटवल उ।म।न।पा।१३ बस्ने ४६ बर्षका शिव कुमार रण र लागु औषध ब्राउन सुगरओसारपसारमा संलग्न रहेका बुटवल उ।म।न।पा।१३ बस्ने विशन राना लगायतलाई हिजो पक्राउ गरि जिल्ला अदालत रुपन्देहीमा पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जनाएको छ ।

