
तिलोत्तमा ,साउन १०
तिलोत्तमा नगरपालिकामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना ९पिजीआरपी० शुरु भएको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम ९यूएनडीपी० र जनसहभागीता वास स्वास्थ्य सहकारी संस्था लि।को आर्थिक साझेदारीमा फोहोरमैला व्यवस्थापनको लागि परियोजना सुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै ४० जनाको लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा नाराको साथ अगाडि बढिरहेको तिलोत्तमामा यस परियोजनाले अझ प्रभावकारी रुपमा फोहोर व्यवस्थापनको काम गर्ने उनको विश्वास छ ।
नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले नगर क्षेत्रमा उत्पादन हुने फोहरलाई परियोजनामार्फत् दिगो व्यवस्थापनमा सहयोग पुग्ने र साझेदारीको अवधारणाले स्थानीय समुदायलाई आयोजनाप्रति अपनत्वको भावना जगाउन मद्दत पुर्याउने बताइन । प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडलले यो साझेदारीले फोहोरमैला व्यवस्थापनमा नगरपालिकाको फोहर मैला व्यवस्थापनको एकीकृत योजना बन्ने र ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमाको लक्ष्य हासिल गर्न टेवा पुग्ने विश्वास प्रकट गरे। तिलोत्तमा नेपालको पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका हो ।फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको वास सहकारीमार्फत् कार्यान्वयन हुने यो परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको व्यवस्थापन श्रोतबाट नै सुरु गर्नुपर्ने अवधारणालाई प्रवद्र्धन गर्ने नगर प्रमुख बासुदेव घिमिरेले बताए । यसको लागि घर, उद्योग, व्यवसाय तथा संघ—संस्थामा फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै संकलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गरिने छ ।

