ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आयल निगम ४ अर्ब घाटामा

लुम्बिनी दर्पण २०७८ श्रावण २१, बिहीबार ०८:१३
[sharethis-inline-buttons]

काठमाडौं , साउन २१

निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४ अर्ब रुपैयाँ घाटामा गएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढेकाले निगमले अहिले घाटा बेहोर्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६(७७ मा मात्र निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा कमाएको थियो । आव २०७१(७२ देखि नाफा कमाउँदै आएको निगम ६ वर्षपछि आएर घाटामा गएको छ । गत पुसदेखि निरन्तर इन्धनको मूल्य बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा निगमको व्यापारमा प्रत्यक्ष असर परेको छ ।

निगमका अनुसार पेट्रोलियम पदार्थको आयात भने १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा इन्धन आयात बढेको निगमले जनाएको छ । नेपालमा आयात हुने वस्तुमध्येमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ नै हो । निगमका अनुसार आव २०७६(७७ मा १ खर्ब ४५ अर्ब रुपैयाँबराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएकामा आव २०७७(७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बजारमा खपत बढेकाले १० अर्ब रुपैयाँले इन्धन आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कोभिडको संक्रमण नियन्त्रण गर्न लामो समयसम्म गरिएको निषेधाज्ञाको कारणले गर्दा बजारमा इन्धन खपत कम भएको थियो । यो वर्ष निषेधाज्ञा नभई निरन्तर रूपमा सवारी साधन चलेकाले पनि इन्धन आयात बढेको हो ।

निगमका अनुसार एक वर्षमा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात भएको छ । यस्तै, पेट्रोल ५ लाख ८७ हजार किलोलिटर, मट्टीतेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिरट आयात भएको छ । यस्तै, खाना पकाउने एलपीजी ग्यास ४ लाख ८५ हजार ७ सय मेट्रिक टन आयात भएको निगमले जानकारी दिएको छ । १ खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेबापत निगमले सरकारलाई एक वर्षमा ९८ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । एक वर्षको अवधिमा निगमले पूर्वाधारमा २२ अर्ब, वातावरण शुल्क ३ अर्ब ४३ करोड, सडक मर्मत दस्तुर ५ अर्ब २५ करोड, भन्सार शुल्क ३७ अर्ब, मूल्य अभिवृद्धि कर २९ अर्ब तिरेको छ ।

आर्थिक वर्ष २०७५(७६ मा १ खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँबराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर इन्धन आयात भएको थियो । आर्थिक वर्ष २०७४(७५ मा मुलुकले १ खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँबराबरको २७ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । स्रोत राजधानी दैनिक


प्रकाशित : २०७८ श्रावण २१, बिहीबार ०८:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech