काठमाडौं, साउज २३
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजा प्रमाणित गरेर बोर्डलाई शनिबार नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बोर्डले इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यस्तै, नेपाल टेलिकममार्फत् १६०० एनसीएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।
नतिजा प्रकाशन भएपछि नतिजा हेनैका लागि निम्न वेबसाइटबाट हेनै पनि सकिने बोर्डले जानकारी दिएको छ ।