काठमाडौं , साउन ३१
आज लुम्बिनी प्रदेशका केही स्थान सहित प्रदेश १, बागमती, गण्डकी र भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागले नाएको छ ।
राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक रहेकाले आइतबार बिहान देशको अधिकांश स्थानमा मौसम बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।