ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

के तालिबान पहिलेको भन्दा साँच्चै भिन्न छ ?

लुम्बिनी दर्पण २०७८ भाद्र ४, शुक्रबार ०९:१३
[sharethis-inline-buttons]

भदौ ४

कुरा सन् १९९६ को हो ।

मरियम सफी त्यतिबेला १९ वर्षकी थिइन् । उनी अफगानिस्तानको मजार–ए–शरीफमा मेडिकलको पढाई गरिरहेकी थिइन् । एकदिनमा अचानक उनको पूरा संसार फेरियो । तालिबानले मजार–ए–शरीफमाथि जब कब्जा जमायो तब उनले आफ्नो पढाई अचानक रोक्नुपर्यो । उनीहरु ९तालिबान० सत्तामा आएपछि अफगानिस्तामा महिलाको शिक्षामा रोक लगाइएको थियो ।

महिला घरबाट बाहिर निस्कदा धार्मिक प्रहरीले उनीमाथि कुटपिट गर्दथे । उनीहरुलाई आफ्ना पिता, दाजुभाइ र श्रीमानसँग मात्रै घर बाहिर निस्कने अनुमति थियो । त्यतिबेला सार्वजनिक रुपमा मृत्युदण्ड दिने, स्टोनिङ ९ढुङ्गाले हान्ने प्रथा र हात खुट्टा काट्ने जस्ता सजाय साधारण थिए । यो डर र त्रासका कारण पनि मरियमको मेडिकलको पढाई रोकियो । उनी घरभित्रै कैद भएर बसिन् । तर जब सन् २००१ मा अमेरिकाको नेतृत्वमा नेटोले अफगानिस्तानमाथि हमला गर्यो र तालिबानलाई लखेट्यो, तब मरियमले आफ्नो पढाई पूरा गरिन् ।

आइतबार काबुलमा तालिबानको कब्जापछि मरियमका ती याद पुनः एकपटक ताजा भए ।

(अब कुरा १७ अगस्ट २०२१ को

‘काबुलमा तालिबानले कब्जा गरेको दुई दिनपछि जुन होटमा म बसेँ, मैले पाएँ कि होटलका पुरुष कर्मचारीले दुई दिनदेखि दाह्री काटेका छैनन् । होटलका महिला कर्मचारी अब रिसेप्सन, रुम सर्भिस र सफाईको काममा छैनन् । उनीहरुलाई होटलमा देख्न पाइँदैन । होटलमा ब्याकग्राउन्ड म्युजिक जुन दुई दिन अघिसम्म चल्थ्यो, अब पूर्ण रुपमा बन्द छ ।

यस्तो किन भयो रु जब मैले मानिसहरुलाई सोधेँ तब उनीहरुको जवाफ थिए, तालिबानसँग जोडिएका हाम्रा साथीहरु यहाँ छन् ।’ आइतबार तालिबानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछिको स्थितिलाई बयान गर्दै बीबीसी संवाददातामलिक मुदस्सिरको रिपोर्टको अंश ।

तालिबान के प्रवक्ता ज़बीहुल्लाह मुजाहिद

तालिबान २।० भर्सेस तालिबान १।०

सन् १९९६ र सन् २०२१ को माथि बयान गरिएका दुई घटना – त्यतिबेला र अहिलेको तालिबानका त्यो अनुहार हो जुन मजार–ए–शरीफ र काबुलको स्थितिलाई तालिबान शासनका बेला बयान गर्दछ । दुबैमा धेरै नै अन्तर छ – यस्तो तपाईंलाई लाग्दैन ।

तर यो दुई घटनाबीच तालिबानको एउटा यस्तो अनुहार पनि मंगलबार अबेर राती संसारले देख्यो ।

अफगानिस्तानमा पुनः नियन्त्रण हासिल गरेपछि तालिबानको पहिलो पत्रकार सम्मेलन मंगलबार अबेर राती काबुलमा आयोजना गरियो ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद आफ्ना दुई अन्य साथीसँग क्यामराको अगाडि पहिलो पटक देखिए । स्थानीय भाषामा उनीहरुले मिडियालाई सम्बोधन गर्दै तालिबानको त्यो ‘उदार’ अनुहार देखाइयो जुन सन् १९९६–२००१ का तालिबानभन्दा पूर्ण रुपमा भिन्न थियो ।

जबीहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौं कि उनीहरुमाथि कुनै भेदभाव गरिने छैन । हामी यो निश्चित गर्नेछौं कि अफगानिस्तान अब संघर्षमा मैदानमा हुनेछैन । हामीले ती सबैलाई माफी दिएका छौं जसले हामीविरुद्ध लडाईं लडे । अब हाम्रो दुश्मनी समाप्त भयो । हामी शरिया व्यवस्था अन्तर्गत महिलाको हक निश्चित गर्न प्रतिबद्ध छौं । महिला हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् ।’

अर्थात्, आजका तालिबान टिभी क्यामराको अगाडि त महिलालाई काम गर्न छुट र बदला नलिने भनिरहेका छन् तर वास्तवमा त्यस्तो स्थिति देखिएको छैन । त्यसैले चर्चा यो छ कि के सन् २०२१ को तालिबान १९९६ का तालिबानभन्दा निकै भिन्न छन् रु वा यो देखावटी मात्रै हो अथवा समयको माग रु

तालिबान फेरिएको हो ?

विदेश मामलाका वरिष्ठ पत्रकार तथा टाइम्स अफ इन्डियाकी डिप्लोमेटिक एडिटर इन्द्राणी बागची भन्छिन्, ‘आजको तालिबान फेरिएको छ – यो कुरा सटिक तरिकाले भन्न सकिँदैन । अहिलेसम्म हामीलाई के थाहा छ भने उनीहरुको विचारधारा फेरिएको छैन । मंगलबार पनि उनीहरुले शरिया कानून अनुसार नै महिलालाई हक दिने कुरा गरे ।’ तर, प्रश्न पक्कै पनि उठिरहेका छन् ।

के तालिबान यसकारण बदलिएका छन् किनभने २० वर्षमा अफगानिस्तान र संसार दुबै निकै फेरिएको छ रु अफगानिस्तानमा अब पहिलाको तुलनामा धेरै महिला पढ्ने छन्, धेरै महिलाले जागिर खानेछन् वा तालिबान यी युवती र महिलालाई बुर्का लगाइदिएर पुनः घरभित्रै बस्ने आदेश पारित गर्नेवाला छन् रु यी प्रश्नको जवाफ कसैलाई पनि थाहा छैन ।

मंगलबार तालिबानले जुन भाषा प्रयोग गरे, त्यो एक भिन्न अनुहार हो तर केही रिपोर्टमा दाबी गरिए अनुसार तालिबानका मुजाहिदिनोसँग महिलाको जबर्जस्ती विवाह गराइँदैछ ।

अफगानिस्तानमा तालिबानको यो नयाँ शासनको केही दिन बितेपछि मात्रै उनीहरुबारे केही ठोस् जानकारी हासिल गर्न सकिन्छ । यसका लागि सुरुमा उनीहरुलाई सत्ता सम्हाल्न दिनुहोस् । उनीहरुका कुन नेता छानिन्छन् रु सरकारले कसरी काम गर्छ रु के उनीहरु साउदी अरब जस्तै बन्छन् वा यूएईजस्तै बन्छन् वा आफ्नो भिन्न बाटो छान्छन् रु यो सबै समयले नै बताउनेछ ।

यतिबेला एउटै आशा गर्न सकिन्छ कि २० वर्षमा अफगानिस्तानजस्तै उनीहरु पनि केही फेरिएका छन् ।

पछिल्लो २० वर्षमा अफगानिस्तानमा के फेरियो ?

इन्द्राणीले २० वर्षमा अफगानिस्तानमा कति परिवर्तन आयो भनेर कुराकानी गरिन् त्यसको आधारमा बीबीसीले केही आँकडा निकालेको छ । यो साँचो हो कि संसारका साथै पछिल्लो २० वर्षमा अफगानिस्तानमा पनि धेरै कुरा फेरिएको छ ।

वर्ल्ड बैंकको रिपोर्ट अनुसार सन् २००१ सम्म प्राथमिक स्कूलमा छोरीहरु पढ्न जाँदैनथे । त्यतिबेला १० लाख छोराहरु अफगानिस्तानमा प्राथमिक शिक्षाका लागि स्कूल जाने गर्दथे ।

तर सन् २०१२ को वर्ल्ड बैंको रिपोर्टका अनुसार अफगानिस्तानमा ८० लाख बालबालिका प्राथमिक विद्यालय गइरहेका थिए जसमा करिब ३० लाख बालिका थिए । यद्यपि, वास्तविकता यो हो कि यीमध्ये थुप्रै छोरीहरू माध्यमिक स्कूलसम्म पुग्न पाउँदैनथे र पढाई बीचमा नै छोडिदिन्थे ।

एउटा वास्तविकता यो पनि हो कि ५२ प्रतिशत युवतीको विवाह २० वर्षको उमेरमा हुने गर्दथ्यो ।

यूनिसेफको २०१०–११ को रिपोर्ट अनुसार १५ देखि २४ वर्षका उमेरका महिलाको साक्षरता दर २२ प्रतिशत हो जसलाई निकै उत्साहजनक भन्न सकिँदैन । तर यो एउटा ठूलो परिवर्तन भने पक्कै हो जुन तालिबान सत्ताबाट गएपछि आयो ।

सेन्ट्रल स्ट्याटिस्टिक्स अर्गनाइजेशनको सन् २००९ को रिपोर्टका अनुसार कामकाजी महिलालाई पुरुषको तुलनामा बढी प्राथमिकता दिइएको छ र सन् २०२० सम्म यदि यस्तै भइरहे ४० प्रतिशत महिलाले जागिर खाइरहेका हुनेछन् ।

 

९र११ पछि फेरियो दुनियाँ

दिल्ली स्थित थिंक ट्याङ्क ‘अब्जर्वर रिसर्च फाउन्डेशन० मा स्ट्रेटेजिक स्टडिज प्रोग्रामका प्रमुख प्राध्यापक हर्ष वी पन्त तालिबानको परिवर्तित स्वरुपको पछाडि संसारमा आएको परिवर्तनलाई पनि एउटा कारण मान्छन् । उनी भन्छन्, ‘अमेरिकामाथि ९र११ मा भएको आतंकवादी हमलापछि संसारको आतंकवादप्रतिको दृष्टिकोण फेरिएको छ र उसको सहने क्षमता पनि कम भएको छ । तालिबानको परिवर्तित रुपलाई हेर्दै गर्दा हामीले यो कुरा पनि याद राख्न आवश्यक छ ।’

सन् १९९६ देखि २००१ को अफगानिस्तानबारे प्राध्यापक हर्ष वी पन्त भन्छन्, ‘त्यतिबेलाको तालिबानसँग कुनै शासन गर्ने मोडल थिएन । पश्चिमी देशमा अमेरिकालाई पनि अफगानिस्तानबारे खासै मतलब थिएन । अमेरिका पनि त्यतिबेला सबैकुरा तालिबानलाई छोडेर त्यहाँबाट निस्किसकेको थियो । शरिया कानूनको राज थियो । अल्पसंख्यकलाई पनि त्यो शासनमा निकै टार्गेट गरिएको थियो ।’

तर ९र११ को घटनापछि अफगानिस्तामा जे भइरहेको छ त्यसमा अब संसारभरीको नजर टिकेको छ । अमेरिकाको वित्त पोषण अब बन्द भएको छ । काबुलमा तालिबानको कब्जा भएता पनि त्यहाँको एयरपोर्टमा भागदौड मच्चिएपछि अमेरिकाले आफ्नो सेना पठाएर त्यहाँ कब्जा जमायो । तालिबान अमेरिकाको शक्तिलाई आज पनि कम ठान्दैन । उसलाई थाहा छ कि उसको ९अमेरिकाको० एक इशारामा अन्तरराष्ट्रिय मतले कसरी उनीहरुविरुद्ध प्रभावित हुनसक्छ ।

यस्तोमा अफगानिस्तानमा सरकार र शासन चलाउनका लागि तालिबानलाई अन्तरराष्ट्रिय स्तरमा मान्यता चाहिन्छ ।

चीन र पाकिस्तानको बयानले त्यो दिशामा तालिबानको उत्साह बढाउन सक्छ तर रुसले पनि खुलला रुपमा तालिबानलाई समर्थन दिने पक्षमा केही भनेको छैन । त्यसैले आजको तालिबान संसार सामू आफ्नो छवि सुधार्नका लागि अंग्रेजी बोल्ने प्रवक्ताको मद्दत लिइरहेका छन् ।

तालिबान किन फेरिनुपर्छ ?

तालिबान किन परिवर्तन हुनुपर्छ भन्ने विषयमा इन्द्राणीले दुई महत्वपूर्ण कुरा गरेकी छिन् । ‘तालिबानलाई पनि अफगानिस्तानमा आएको परिवर्तन बारे थाहा होला । के फेरिएको अफगानिस्तानमा उनीहरु बन्दुक तेर्साएर महिलालाई एकपटक पुनः घरभित्रै कैद गरेर बच्चा जन्माएर बस भन्न सक्लान् रु यो उनीहरुले पनि बुझ्नुपर्छ ।’

मंगलबार तालिबानको विरोध गरिएको पोस्टर हातमा बोकेको महिलाको तस्बिर सोसल मिडियामा असाध्यै भाइरल भए । मानिसहरु तस्बिर सेयर गर्दै ती निडर महिलाको साहसको अत्यधिक तारिफ गरिरहेका थिए ।’

‘अर्को कुरा के हो भने २१ औं शताब्दिमा मानवाधिकार, महिलाको अधिकार, लैङ्गिक समानताजस्ता मुद्दा पश्चिमी देशको गम्भीर मुद्दा हुन् । तालिबान सत्तामा टिकिराख्नका लागि पश्चिमी देशको स्वीकार्यता चाहिन्छ । उनीहरुलाई आर्थिक र प्राविधिक मद्दत पनि चाहिन्छ । यस्तोमा थोरै ‘उदार’ अनुहार देखिनु यो पनि एउटा कारण हुनसक्छ । स्रोत तबीबीसी


प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार ०९:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरु

वर्षौदेखिको माग पूरा हुने आशा

शीतलहरले सडक चिप्लो हुँदा दाउन्नेमा जाम

अत्याधिक चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयाे : प्रतिवेदन

कोपवा स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४ सय ९० जनाले लिए स्वास्थ्य परीक्षण सेवा

आज पनि तराईका अधिकांश अधिकाशं स्थानहरूमा हुस्सु तथा कुहिरो रहने ।।

नौमती पञ्चे बाजा तालिम, साँस्कृतिक कला संरक्षणमा जोड दिएकाछौ ः अध्यक्ष थापा

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech