कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन निर्देशन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ ,भाद्र ८

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार ०८:५४