ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

लुम्बिनी दर्पण २०७८ भाद्र १०, बिहीबार ०६:२५
[sharethis-inline-buttons]

कास्की, भदौँ १०

माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् । सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका छन् । उत्पादनका आधारमा दिइने अनुदानले साना कृषक लाभान्वित छन् । ठूला कृषकले भने आफैँ बजारमा लगेर बिक्री गर्ने गर्दछन् । सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरी बजारमा पुर्याउने गरेका छन् । गाउँपालिकाको पशुसेवा शाखाका अनुसार गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ । कृषकले उत्पादन गरेको दूध सहकारी संस्थाका माध्यमबाट बजारमा पुग्ने गरेको शाखा प्रमुख रामचन्द्र पौडेलले बताए ।

गाउँपालिकाका तीन वडामा रहेका पाँच दुग्ध सहकारीले खरीद गरी बजारको सुनिश्चितता गर्दै आएका छन् । गत वर्ष भेडाबारी दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ११ हजार ८११ लिटर, हिमशिखर दूध उत्पादक सहकारी संस्थाबाट दुई लाख १६ हजार ५३९, घाचोक दुग्ध उत्पादक सहकारीबाट चार लाख २४ हजार ३१७, पिपलबोट दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३९ हजार २९० र प्रतिभा सामाजिक उद्यमी महिला सहकारीबाट सात लाख ४४ हजार १०६ लिटर दूध बिक्री भएको शाखा प्रमुख पौडेलले जानकारी दिए।

गाउँपालिकाबाट दैनिक १० हजार ६०० लिटर हाराहारीमा दूध बिक्रीका लागि बजारमा जाने गरेको छ । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि ५० पैसा अनुदान दिने भएको छ । गाउँपालिकाले गत वर्ष दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा रु पाँच लाख वितरण गरेको थियो । सहकारीबाट कृषकले गाईको दूधको मूल्य प्रतिलिटर रु ६० का दरले प्राप्त गर्ने गरेका छन् ।

सहकारी संस्थाबाहेक पनि कृषकले आफैँ बजार खोजेर दूध बिक्री गर्ने गरेको बताइन्छ । अधिकांश ठूला कृषकले आफ्नै सवारी साधनबाट पोखरालगायतका क्षेत्रका डेरी तथा सहकारीमा दूध बिक्री गर्ने गरेका छन् । गाउँपालिकाका सबै वडाबाट गरी सिधै वर्षमा २० लाख आठ हजार ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । “गाउँपालिका दूध उत्पादनमा जिल्लामै पहिलो स्थानमा छ”, शाखा प्रमुख पौडेलले भन्नुभयो, “स्थानीय सरकार र प्रदेश सरकारले उत्पादनका आधारमा दिने अनुदानले समेत वास्तविक कृषकले लाभ लिएका छन्, पशुपालन व्यवसाय राम्रोसँग फस्टाउँदै गएको छ ।”

गाउँपालिकामा हालसम्म गाईरभैँसी २७८, बाख्रा ९८ र कुखुराका ८९ फार्म दर्ता भएका छन् । गाउँपालिकाको पशु तथ्याङ्कमा गाई चार हजार ३६५, भैँसी छ हजार ६६६, भेडा दुई हजार २२४, बाख्रा नौ हजार १५, कुकुर ९९९ र बङ्गुर ३९७ रहेको पशु शाखाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले गाउँपालिका कृषिमा अग्रणी रहेकाले पशुपालन, दुग्ध व्यवसाय, कुखुरापालन, मत्स्यपालनलगायतका कृषि व्यवसाय व्यावसायिकरुपमा अघि बढाउन कार्यक्रम सञ्चालन भइरहेको बताए ।

दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भैँसी संरक्षण कार्यक्रम, एक वटा गाईरभैँसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको उनले जानकारी दिए । “पशुपालनमा जिल्लामै अग्रणी स्थानमा रहेका यहाँका कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण, र यान्त्रिकीकरण गाउँपालिकाको प्राथमिकतामा छ”, उपाध्यक्ष दवाडीले भने । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ रु एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको छ । रासस


प्रकाशित : २०७८ भाद्र १०, बिहीबार ०६:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech