बुटवल १३ भदौ
अझै केही दिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले तराई नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केही दिन रहने भएकोले भोलीसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्ययम खालको वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । सामान्यतया न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा केही दिनमै भारततर्फ सर्ने गरेको भए पनि यस वर्ष केही लामो समय रहेकोले लगातार पानी परिरहेको मानन्धरले बताउनुभयो । पर्सी दिउसो देशका धेरैजसो ठाउँमा घाम लाग्ने र पर्सी रातिदेखी नै फेरि मनसुन सक्रिय भइ केही दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । निरन्तर पानी पर्दा बाढी, पहिरो, डुबान लगायतको समस्या हुने भएकोले सचेत रहन मौसम पूर्वानूमाान् महाशाखाले आग्रह गरेको छ ।
अझै केही दिन मनसुन सक्रिय रहने
प्रकाशित : २०७८ भाद्र १३, आईतवार ०८:२०
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech