काठमाडौं , भदौ १७
काठमाडौं महानगरपालिकाले अहिले नै विद्यालय खोल्ने की नखोल्नेबारे छलफल भइरहेको जानकारी दिएको छ ।स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यलेभने “काठमाडौं उपत्यकाका अन्य स्थनीय तहजस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक सङ्ख्या छ उनीहरुलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।”“विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस सङ्क्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुपूर्व छलफल गर्नुपर्छ”, उनले भने ।


















