तिलोत्तमा,भदौ २७
देवदहका एक छोराले बुबालाई बुबाको मुख हेर्ने दिनको अवसरमा बिमा गरिदिएर उपहार दिएका थिए ।देबदह ६ मिलनचोकका मधुसुधन ज्ञवालीले आफ्ना बुबा महेन्द्र कुमार ज्ञवालीलाई पाँच लाख पोलीसी बराबरको सिटिजन जीबन सारथी बिमा योजना अन्तर्गत बिमा गराएका छन ।उनले बार्षिक हिसावले हुने अरु खर्चलाई कटाएर सिटिजन लाइफ इन्सोरेन्समा बिमा गराएका हुन ।
पछिल्लो समयमा बिमा पोलीसीलाई बिभिन्न उत्सवको रुपमा उपहार स्वरुप दिने चलन बढदै गएको छ । जन्मदिन तथा बिभिन्न उत्सवको अवशर पारेर अहिले बिमा गर्ने र गराउने प्रचलन बढदै जान थालेको हो ।


















