२९ भाद्र,बुटवल
रुपन्देहीमा सम्पत्ति कारण आमा–बाबुले आफ्नै बच्चाको हत्यागरेको पुष्टि भएको छ । ८ महिने शिशुको हत्या गरेको खुलेको छ । जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार आफ्नै घरमा ८ महिने शिशु सुरज हत्या गरेको पुष्टि भएको हो ।
मृतक शिशुको घरमा जाग्गा सम्बन्धी बिबाद कारणले आफ्नै घरको छतमा दुधे ८ महिनाको नावालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
मृतक शिशुका आमा–बुबाले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ ।


















