छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

[sharethis-inline-buttons]

लुदस,
नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् ।

गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम नागरिकमा अपिल गरेका हुन् ।

वर्ष १४ को हल्का रातो वणर्को नविन कुमाल हराएको हुदाँ नजिकको प्रहरी वा आफ्नो नम्बर +६०-११३७३७८०३९ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।
उनले आफु हाल मलेसियामा रहेको र घरमा निज छोराको आफ्नै आमा नभई सानिमा आमासंग बस्दै आएको विरगंन्ज पुगेको खबर गरेपनी घरमा भएको श्रीमति एवम् सानिमा आमा निरक्षर रहेकोले नम्बर समेत ख्याल गर्न नसकेपछी सम्पर्क विहिन भएको बताएका छन् । छोराको चिन्ताले आफु विदेशमा विक्षिप्त भएको बताउदै चाप्कोटेले सवैमा अनुरोध गरेका हुन् । लुम्बिनी दर्पणमा सामाचारका विषयबारे जानकारी सम्बन्धी सुचना पोष्ट भएसंगै स्वदेश तथा विदेशबाट विभिन्न जानकारी आउन थालेका छन् ।


प्रकाशित : २०७८ आश्विन १, शुक्रबार १५:२२