मुस्ताङका भेडा च्याङ्ग्रा बजारमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

म्याग्दी ,अशोज १८

नेपालीहरुको महान पर्व दशैँलाई लक्षित गरेर मुस्ताङका भेडा च्याङ्ग्रा बजारमा आउन थालेका छन्। कोभिड–१९ का कारण तिब्बतबाट भेडा च्याङ्‍ग्रा ल्याउन नसकेपछि मुस्ताङका विभिन्न ठाउँहरुमा पालिएका भेडा च्याङ्‍ग्रा बजारमा आउन थालेका हुन्।

गत वर्ष साना भेडा च्याङ्‍ग्रा समेत बजारमा पठाइएकाले यस वर्ष मुस्ताङमा नै भेडा चाङ्ग्राको संख्या कम भएकोले ४ हजारको हाराहारीमा बजार पठाउन थालिएको उद्योग वाणिज्य संघ मुस्ताङले जनाएको छ।

‘अत्यन्त कम संख्यामा मुस्ताङबाट भेडा च्याङ्‍ग्रा निकासी भएका छन्,मूल्य आकासिएको छ’ मुस्ताङबाट भेडा च्याङ्ग्रा ल्याएर बेनी आउँदै गरेका पृथ गुरुङले भने ‘बेनी–जोमसोम सडकमा ज्यान फालेर यहाँसम्म ल्याइपुर्‍याए, चार दिन लाग्यो।’

गुरुङका अनुसार मुस्ताङमा नै अत्यन्त कम भेडा च्याङ्‍ग्रा भएका कारणले गोठमा नै एउटा च्याङ्ग्राको रु ३४ हजार भन्दा बढी तिर्नु परेकाले यस वर्ष भेडा च्याङ्ग्राको मूल्य बढेको हो।गत वर्ष पनि कोभिड १९ का कारण कोरला नाका बन्द हुँदा तिब्बतबाट भेडा च्याङ्‍ग्रा आयात हुन नसक्दा मुस्ताङबाट ७ हजार बढी भेडा च्याङ्‍ग्रा बजारमा पठाइएको थियो।


प्रकाशित : २०७८ आश्विन १८, सोमबार ११:१६