ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

महामारीपछि अण्डा उत्पादनमा अहिलेसम्मकै उच्च गिरावट,मूल्य

लुम्बिनी दर्पण २०७८ आश्विन २२, शुक्रबार १७:२९
[sharethis-inline-buttons]

चितवन, आश्विन २२

नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । चितवनलाई पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्लाका रूपमा लिइन्छ । कोरोना महामारीपछि भने अण्डाको उत्पादनमा गिरावट आएको छ । उत्पादनमा गिरावट आएपछि अण्डाको मूल्य बढेको छ ।

कोरोनाका कारण नेपालमा लेयर्स कुखुराको अण्डा उत्पादन दैनिक ३० लाख गोटाले घटेको छ । कोरोनाअघि दैनिक ६० लाख गोटा अण्डा उत्पादन हुने गरेकामा अहिले दैनिक ३० लाख गोटा मात्रै उत्पादन भइरहेको छ । कोरोना महामारीमा लकडाउन हुँदा अण्डा उत्पादक किसान घाटामा पुगेका हुन् । अहिले भने अण्डा उत्पादक किसानहरू फाइदामा छन् ।

चितवनमा मात्र हाल दैनिक आठ लाख गोटा अण्डा उत्पादन हुने गर्छ । कोरोनाअघि यहाँ दैनिक १२ लाख गोटा अण्डा उत्पादन हुने गर्थ्यो । जिल्लामा करिब छ सयजना अण्डा उत्पादक किसान छन् । देशभर दुई हजार दुई सय भन्दा बढी छन् । पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिएको छ ।

कोरोनाअघि देशभरको अण्डा उत्पादनमा चितवनको मात्र करिब ५० प्रतिशत हिस्सा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा। दयाराम चापागाईं बताउँछन् । अहिले त्यो घटेर ३० प्रतिशतमा सीमित छ । ‘केहि वर्ष पहिलेसम्म चितवनको उत्पादनले ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गर्थ्यो । अहिले पूर्व र पश्चिमका विभिन्न जिल्लामा ठूला पोल्ट्री फर्महरू स्थापना भएका छन् । त्यसले गर्दा चितवनको उत्पादनले दिने योगदान घटेको छ’, उनले भने ।

दुई वर्षअघि एक क्रेट ठूलो अण्डाको मूल्य दुई सय रुपैयाँ थियो । कोरोना महामारी सुरु हुनुअघि पनि करिब तीन सयको हाराहारीमा थियो । महामारीका बेला किसानका अण्डा सहज रूपमा बिक्री हुन सकेन । कुखुरालाई लामो समयसम्म महंगो दाना खुवाएर पाल्नुपर्दा किसानहरु घाटामा पुगेका हुन् ।

अहिले भने एक क्रेट ठूलो अण्डाको मूल्य ४१५ रुपैयाँ पुगेको छ । एक क्रेटमा ३० गोटा अण्डा हुन्छन् । उत्पादन घट्दा अण्डाको मूल्य बढेको हो । दानाको मूल्य दोब्बरले बढेकाले अण्डाको मूल्य बढेपनि बाहिरबाट हेर्दा जस्तो फाइदा नरहेको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले बताए ।

‘दुई वर्षअघि दानाको मूल्य प्रतिकेजी ३२ रुपैयाँ थियो । त्यतिबेला सरकारले नै अण्डाको लागत मूल्य ११ रुपैयाँ ५८ पैसा तोक्यो । अहिले दानाको मूल्य दोब्बरले बढेको छ । त्यसो हुनाले लागत मूल्य पनि बढेर १५ देखि १६ रुपैयाँसम्म पुगेको छ । बाहिरबाट हेर्दा अण्डाको मूल्य बढेको जस्तो देखिए पनि भित्र वास्तविकता त्यस्तो छैन’, उनले भने ।

अण्डाको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल बताउँछन् । ‘अण्डाको मूल्य अहिलेसम्मकै उच्च हो । यद्यपि दानाको मूल्य पनि बढेकाले किसानहरू न फाइदा न घाटाको अवस्थामा छन्’, उनले भने, ‘दानाको लागि भारत लगायतका देशबाट भटमास र मकै आयात गर्नुपर्छ । त्यसको मूल्य बढेको छ । त्यति मात्रै नभएर भन्सार शुल्क पनि बढेको छ ।’

उनका अनुसार दानाको लागि चाहिने ७० प्रतिशत भन्दाबढी भटमास विदेशबाट आयात हुने गरेको छ । कोरोनाअघि भटमास प्रतिकेजी ४५ रुपैयाँमा पाइन्थ्यो । अहिले प्रतिकेजी ११५ रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् । त्यसैगरी, कोरोनाअघि प्रतिकेजी २२ रुपैयाँसम्ममा पाइने मकै अहिले ३५ रुपैयाँसम्म पर्ने गरेको उनले बताए ।

यस्तो वस्तुको आयातमा सरकारले भन्सार शुल्क चार प्रतिशतबाट बढाएर ११ प्रतिशत पुर्‍याएको उनी बताउँछन् । हाल नेपालमा प्रति हप्ता एक लाख ५० हजार गोटा लेयर्सका चल्ला र दैनिक तीन हजार मेट्रिक टन दाना उत्पादन भइरहेको मञ्चले बताएको छ । मञ्चले शुक्रबार २६औँ विश्व अण्डा दिवस मनाइरहेको छ । स्रोत कुलप्रसाद काफ्ले न्युज कारखाना


प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार १७:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech