ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

महामारीपछि अण्डा उत्पादनमा अहिलेसम्मकै उच्च गिरावट,मूल्य

लुम्बिनी दर्पण २०७८ आश्विन २२, शुक्रबार १७:२९
[sharethis-inline-buttons]
Image XYZ

चितवन, आश्विन २२

नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । चितवनलाई पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्लाका रूपमा लिइन्छ । कोरोना महामारीपछि भने अण्डाको उत्पादनमा गिरावट आएको छ । उत्पादनमा गिरावट आएपछि अण्डाको मूल्य बढेको छ ।

कोरोनाका कारण नेपालमा लेयर्स कुखुराको अण्डा उत्पादन दैनिक ३० लाख गोटाले घटेको छ । कोरोनाअघि दैनिक ६० लाख गोटा अण्डा उत्पादन हुने गरेकामा अहिले दैनिक ३० लाख गोटा मात्रै उत्पादन भइरहेको छ । कोरोना महामारीमा लकडाउन हुँदा अण्डा उत्पादक किसान घाटामा पुगेका हुन् । अहिले भने अण्डा उत्पादक किसानहरू फाइदामा छन् ।

चितवनमा मात्र हाल दैनिक आठ लाख गोटा अण्डा उत्पादन हुने गर्छ । कोरोनाअघि यहाँ दैनिक १२ लाख गोटा अण्डा उत्पादन हुने गर्थ्यो । जिल्लामा करिब छ सयजना अण्डा उत्पादक किसान छन् । देशभर दुई हजार दुई सय भन्दा बढी छन् । पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिएको छ ।

कोरोनाअघि देशभरको अण्डा उत्पादनमा चितवनको मात्र करिब ५० प्रतिशत हिस्सा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा। दयाराम चापागाईं बताउँछन् । अहिले त्यो घटेर ३० प्रतिशतमा सीमित छ । ‘केहि वर्ष पहिलेसम्म चितवनको उत्पादनले ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गर्थ्यो । अहिले पूर्व र पश्चिमका विभिन्न जिल्लामा ठूला पोल्ट्री फर्महरू स्थापना भएका छन् । त्यसले गर्दा चितवनको उत्पादनले दिने योगदान घटेको छ’, उनले भने ।

दुई वर्षअघि एक क्रेट ठूलो अण्डाको मूल्य दुई सय रुपैयाँ थियो । कोरोना महामारी सुरु हुनुअघि पनि करिब तीन सयको हाराहारीमा थियो । महामारीका बेला किसानका अण्डा सहज रूपमा बिक्री हुन सकेन । कुखुरालाई लामो समयसम्म महंगो दाना खुवाएर पाल्नुपर्दा किसानहरु घाटामा पुगेका हुन् ।

अहिले भने एक क्रेट ठूलो अण्डाको मूल्य ४१५ रुपैयाँ पुगेको छ । एक क्रेटमा ३० गोटा अण्डा हुन्छन् । उत्पादन घट्दा अण्डाको मूल्य बढेको हो । दानाको मूल्य दोब्बरले बढेकाले अण्डाको मूल्य बढेपनि बाहिरबाट हेर्दा जस्तो फाइदा नरहेको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले बताए ।

‘दुई वर्षअघि दानाको मूल्य प्रतिकेजी ३२ रुपैयाँ थियो । त्यतिबेला सरकारले नै अण्डाको लागत मूल्य ११ रुपैयाँ ५८ पैसा तोक्यो । अहिले दानाको मूल्य दोब्बरले बढेको छ । त्यसो हुनाले लागत मूल्य पनि बढेर १५ देखि १६ रुपैयाँसम्म पुगेको छ । बाहिरबाट हेर्दा अण्डाको मूल्य बढेको जस्तो देखिए पनि भित्र वास्तविकता त्यस्तो छैन’, उनले भने ।

अण्डाको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल बताउँछन् । ‘अण्डाको मूल्य अहिलेसम्मकै उच्च हो । यद्यपि दानाको मूल्य पनि बढेकाले किसानहरू न फाइदा न घाटाको अवस्थामा छन्’, उनले भने, ‘दानाको लागि भारत लगायतका देशबाट भटमास र मकै आयात गर्नुपर्छ । त्यसको मूल्य बढेको छ । त्यति मात्रै नभएर भन्सार शुल्क पनि बढेको छ ।’

उनका अनुसार दानाको लागि चाहिने ७० प्रतिशत भन्दाबढी भटमास विदेशबाट आयात हुने गरेको छ । कोरोनाअघि भटमास प्रतिकेजी ४५ रुपैयाँमा पाइन्थ्यो । अहिले प्रतिकेजी ११५ रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् । त्यसैगरी, कोरोनाअघि प्रतिकेजी २२ रुपैयाँसम्ममा पाइने मकै अहिले ३५ रुपैयाँसम्म पर्ने गरेको उनले बताए ।

यस्तो वस्तुको आयातमा सरकारले भन्सार शुल्क चार प्रतिशतबाट बढाएर ११ प्रतिशत पुर्‍याएको उनी बताउँछन् । हाल नेपालमा प्रति हप्ता एक लाख ५० हजार गोटा लेयर्सका चल्ला र दैनिक तीन हजार मेट्रिक टन दाना उत्पादन भइरहेको मञ्चले बताएको छ । मञ्चले शुक्रबार २६औँ विश्व अण्डा दिवस मनाइरहेको छ । स्रोत कुलप्रसाद काफ्ले न्युज कारखाना


प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार १७:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

सुनको भाउमा फेरि नयाँ रेकर्ड

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च

सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो

सुनको मूल्यमा वृद्धि, बन्यो नयाँ रेकर्ड

सुनचाँदीको मूल्य घट्यो

सुनको मूल्य प्रतितोला एक लाख ७७ हजार ९ सय

सुनको मुल्य ९०० ले बढ्यो, कति छ आज कारोबार मूल्य

सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घट्यो

गाडी चोरेर भाग्दै गर्दा तेल सकिएपछि पक्राउ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech