ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

महामारीको पीडा :केही यातायात व्यवसायी पलायन, केही ऋणमा डुब्दै

लुम्बिनी दर्पण २०७८ कार्तिक ७, आईतवार १५:१३

बागलुङ,कार्तिक ७

आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका ३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा लगानी गर्दै आएका उनलाई महामारीले निकै पिरल्यो ।

एक यात्रुवाहक बस र माइक्रोबस सञ्चालन गर्दै आएका उनले कोरोनाको दोस्रो लहरसम्म किस्ता तिर्नै नसक्ने अवस्था आएपछि यातायात क्षेत्रबाटै पलायन भए । उनले निकै घाटामा आफ्ना सवारीसाधन बिक्री गरेर ऋण घटाएका छन् ।

महामारीले गर्दा आठ वर्षदेखि निरन्तर चल्दै आएको यातायात व्यवसायबाट पलाउन हुन पुगेको उनले नमिठो अनुभव सुनाए । “कोरोना महामारीका कारण यातायात क्षेत्र ठप्प भयो, बैंकको किस्ता तिर्न कठिनाइ भयो, त्यसैले बस र माइक्रोबस दुवै बेचेर बसेको छु”, उनले भने, “लामो समयदेखि जमेको व्यवसाय एक्कासी घाटामा जाने अवस्थामा पुग्नु भनेको निकै जटिल विषय हो, अब केही समय व्यवसाय गर्दिनँ, पछि केही सोचौँला ।”

पर्वतको कुश्मा बजारमा घर भई धवलागिरिबाट देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्दै आएका तुलक अधिकारीले महामारीमा आफ्ना दुई स्कारपियो गाडी गुमाए । महामारीका कारण सवारी चलाउन नसकेपछि ती गाडी बेचेर बसको किस्ता तिरेको नमिठो अनुभव उनीसँग छ । अहिले बागलुङ, कुश्मा र म्याग्दीबाट अधिकारीका छ ठूला बस विभिन्न स्थानमा सञ्चालन हुँदै आएका छन् । उनले दसैँ, तिहार सुरु भएपछि सवारी खर्च र चालकको तलब तिर्न सक्ने भएको बताए ।

“यातायात व्यवसायीको पीडा सुन्न सक्ने छैनन्, मजस्ता धेरै व्यवसायी यो क्षेत्रबाट पलायन भइसकेका छन्, मैले रु दुई करोड ५० लाख ऋण बैंकलाई बुझाउन छ”, उनले भने, “जेनतेन छवटा बस धानेर बसेको छु, अब केही राहत होला, दसैँअघि एकोहोरो जिल्लामा यात्रु ल्याउने काम भयो, अहिले पु¥याउने काम भइरहेको छ, पुरानै लयमा यातायात व्यवसाय फर्किन अझै दुई वर्ष लाग्ला ।”

राज्यले अतिप्रभावित क्षेत्रमा रहेको यातायात व्यवसायलाई उठाउन सक्दो पहल गरोस् भन्ने चाहना रहेको व्यवसायी अधिकारीले बताए । दुईवटा एसीबस बागलुङ(काठमाडौँ र अन्य बस कुश्मा र म्याग्दीबाट छुटाउँदै आएका छन् । सहकारीबाट ऋण खोजेर बैंकको किस्ता तिर्दै आएको जनाउँदै उनले कतिञ्जेल घर धितो राखेर ब्याज तिर्नुपर्ने हो अन्योलमा रहेको दुःखेसो पोखे । उनको यातायात क्षेत्रमा मात्रै रु पाँच करोडभन्दा बढी लगानी छ ।

यातायात क्षेत्रमा रु तीन करोड लगानी गरेका काठेखोला गाउँपालिका–२ भिमापोखराका कुमार बम मल्लको व्यथा उस्तै छ । दुई एसीसहितको यात्रुबाहक बस सञ्चालन गर्दै आएका मल्लले दुई वर्ष आफ्ना सवारी ग्यारेजमा नै थन्केर बसेको बताए । उनले अहिले दसैँमा बल्ल सवारीले आफ्नो खर्च उठाउन थालेको जानकारी दिए । “रु तीन करोडमा दुई ठूला बस खरिद गरेको थिएँ, कोरोनामा बैंकलाई किस्ता होइन, ब्याजमात्रै तिर्नसमेत हम्मेहम्मे भयो”, मल्लले भने, “कति साथीले ग्यारेजबाट अझै सवारी निकाल्न सकेका छैनन्, सवारीको टायर फेर्न नसक्ने अवस्था छ, पुरानै अवस्थामा फर्कन हामीलाई निकै समय लाग्नेछ ।”

यातायात व्यवसायी नै कोरोनाको प्रमुख मारमा भएकाले राज्यले यातायात क्षेत्रलाई टिकाउने खालको नीति ल्याउनुपर्ने उनीको माग छ । यातयात व्यवसायीको ऋणको अवधि बढाउने, तत्कालै मर्मतसम्भार खर्चलाई पुनः ऋण दिने गरी सरकारले पुनःकर्जा दिने नीति ल्याए पनि व्यवहारमा लागू नगरेको धवलागिरि यातायात प्रालिका अध्यक्ष उमेश केसीले बताए ।

दसैँ, तिहारपछि र खोपको प्रबन्ध भएपछि यातायात क्षेत्रमा आशाको किरण पलाएको उनले बताए । “केही आशाको किरण देखिएको छ, यसबीचमा दर्जन सवारी व्यवसायी पलायन हुनुपरेको छ, ऋण थेग्न नसक्ने अवस्थामा पुगिसकिएको थियो”, उनले भने, “राज्यले नीति, नियम बनाएर कार्यान्वयन नगर्ने हो भने समस्या हुन्छ, अहिले पनि बैंकहरुले ताकेता गरिरहेका छन्, व्यवसायीले कमाएपछि ऋण नतिर्ने कुरै हुँदैन ।”

यातायात व्यवसायीलाई पलायन हुनबाट बचाउन राज्यले मुख्य जिम्मेवारी लिनुपर्ने यातायात व्यवसायी सङ्गठनहरूको माग छ । अत्यावश्यक क्षेत्रका रूपमा रहेको यातायात व्यवसायलाई कोरोनाले थला पारेको भए पनि विस्तारै बौरिने अवस्थामा आउने यातायात व्यवसायीको अपेक्षा छ । स्रोत रासस


प्रकाशित : २०७८ कार्तिक ७, आईतवार १५:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech