
मौसम सफा भएसँगै देशका धेरै ठाउँमा न्यूनतम तापक्रम घटेर चिसो बढेको छ । काठमाडौंसहित देशका धेरै ठाउँमा न्यूनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौंको आज बिहानको तापक्रम यो वर्षको हिउँद सुरु भएयताकै कम ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि हिजो काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै जुम्लाको तापक्रम माइनस ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्काा हिमपात हुने सम्भावना छ।