लुदअ कपिलवस्तु, माघ १२
कपिवस्तुको बाणगंगा नगरपालिका ४ मा अवस्थित सिद्धार्थ सामाजिक विकास केन्द्रले रजत महोत्सव मनाएको छ । संस्थाले आफ्नो सामाजिक रुपान्तरणको यात्रा २५ औं वर्षमा प्रवेश गरेको अवसरमा रजत महोत्सव मनाएको हो । सिद्धार्थ क्लवको नामबाट छोटो समयमै रचनात्मक र लोकप्रिय कार्य गरेर समुदायमा एउटा छुट्टै अस्तित्व कायम गर्न सफल भएको यस संस्थाले २५ औं स्थापना दिवस अर्थात रजतबर्ष भव्य रुपले मनाएको छ । ‘वातावरण, शान्ति र सामाजिक विकासका लागी रोग, भोक, अशिक्षाका विरुद्ध अघि बढौं’ भन्ने मुल नाराका साथ स्थापित यस संस्थाले सामाजिक, आर्थिक, सांस्कृतिक, राजनितिक रुपान्तरणका विविध पक्षहरुसंग समन्वयन गरि अघि बढी रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश योजना आयोग लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतमले संस्थाले समाजका हरेका पक्षहरुको अध्ययन गरि आश्यकताका आधारमा अनुकरणिय काम गरेको जिकीर गरेका थिए । उनले संस्थाले गरेका महत्वपूर्ण कामप्रति प्रशंशा गर्दै सामाजको मागलाई संस्थाले महसुस गर्दै अघि बढ्न सुभाव समेत सुझाव दिए ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले २०५२ साल माघ ११ गते स्थापना भएको यस संस्थाले बदलिदो परिवेश, ज्ञान सिप र क्षमता अनुसार आफुहरुलाई बदल्दिै लगेकोमा खुशि व्यक्त गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका खनालले समुदायका गरिव, विपन्न सिमान्तकृत महिला, बालवालिका र युवाहरुको क्षेत्रमा उल्लेखिनीय भूमिका खेलेको भन्दै थप सशक्त भई संस्था अधि बढ्ने कुरामा आफु विश्वस्त रहेको बताए ।
यसैगरि जिल्ला समन्वय समितीकी उप प्रमुख तारावती चौधरीले रजत महोत्सवको शुभकामना दिंदै यस संस्थाले सिमान्तकृत समूदायमा पुगेर महिलाहरुको समूह गठन गरेर बिभिन्न ज्ञान सिपका क्रियाकलापहरुबाट अगाडी बढाउन सफल भएको बताईन् । बिद्यालय जानबाट बञ्चित भएका किशोरी बालिकाहरुलाई स्कुल पढ्ने वातावरण मिलाउने, महिलाहरुलाई अधिकार र न्यायको पहुँचमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कामहरु गरेर संस्थाले महत्वपुर्ण भुमिका खेलेको बताईन् ।
उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, बाणगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष धु्रब बेल्वासे, सिद्धार्थ क्याम्पसका पुर्ब क्याम्पस प्रमुख बालाराम ज्ञवाली, संस्थाका सल्लाहकार अब्दुल सत्तार खाँ, समाजसेवी नित्यानन्द ज्ञवाली र सामुदायिक अस्पत्तालका कोषाध्यक्ष रवि बहादुर काफ्ले लगाएतले संस्था अझ दिगो रुपमा अगाडी बढ्न सफल होस भन्ने शुभकामना मन्तब्य दिएका थिए ।
संस्थाका पुर्ब अध्यक्ष पोमनारायण पौडेलले संस्थाको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा संस्थाले २५ औं रजत स्मारिका बिमोचन गरेको छ । सो अवसरमा अपाङ्ग छात्रवृत्ती हस्तान्तरण, शैक्षिक सहयोग प्रदान गरिएको थियो । भने संस्थामा योगदान पु¥याएका व्यक्तीत्वहरुलाई नगद, सम्मान पत्र र दोसल्लाहले सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, संस्थाका उपाध्यक्ष सुर्य कुमारी शाहीको स्वागत तथा सचिव रोमकान्त घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर प्रमुख, वडा अध्यक्षहरु, नागरिक समाजका अध्यक्ष, संस्थाका संस्थापकहरु, सल्लाहकार सदस्यहरु, समाजसेवी बुद्धिजिवीहरु र सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।