काठमाडौं वैशाख ४
कोरोना संक्रमितको संख्या दिनहु बढरदै जादा शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब आउन थालेको छ । चारैतिरबाटशैक्षिक संस्था बन्द गर्न दबाब आइरहँदा कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक आज २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने जानकारी दिइएको छ ।

कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको अवस्थामा सीसीएमसीले केही महत्वपूर्ण निर्णय लिने आशा राखिएको छ । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्दै ती क्षेत्रका बिद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न भनिसकेको छ । राष्ट्रिय सभाको संसदीय समितिले पनि तत्काल बन्द गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *