
लुदअ, ६ बैशाख, काठमाडौ
कोरोना संक्रमणको दोस्रो लहर चलिरहदा हाल स्कुल पढ्ने बालबालिका प्रभावित भइरहेका छन । कोरोनाका दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालय तथा शैक्षिक संस्थाहरूमा जोखिम बढी देखिएकोले सरकारले यस्तो निर्णय गरेको हो। तर विद्यालयमा भर्चुअल कक्षा भने सञ्चालन गर्नसकिनेछ। कोभिड(१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिस अनुसार सरकारले यस्तो निर्णय गरेको स्रोतले जानकारी दिएको छ । बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय पनि भएको जानकारी दिएका छन् ।