काठमाडौँ बैशाख १३
त्रिभुवन विश्वविद्यालयले पुर्वनिर्धारित परिक्षा रोकिएका छन । कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो । कोरोना संक्रमणको दोस्रो कोभिड १९को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन नसकिने परिस्थिति सृजना भएकाले आज मिति २०७८र१र१३ गते बसेको त्रि।वि। केन्द्रीय परीक्षा सञ्चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८र०१र१४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सहित सुचना प्रकाशित गरी जानकारी गराइएको छ ।




















