काठमाडौं, बैशाख १७
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आफू निकट नेताहरुसँग छलफलमा जुटेका छन्।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गर्ने कि नगर्ने भन्नेबारे पार्टीभित्र तीव्र विवाद चर्किरहेका बेला अध्यक्ष ठाकुरले परामर्श सुरु गरेका हुन्।उनले पार्टीका नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग छलफल अगाडि बढाएका छन ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पक्ष भएर प्रदेश सरकारको मन्त्री बनेका जसपाका चार जना नेता पनि काठमाडौंमै आएका छन्।
लुम्बिनीमा मुख्यमन्त्रीलाई साथ दिएर मन्त्री बनेका जसपाका चार सांसदलाई पार्टीको एक पक्षले कारबाही गरेको भनेको छ भने ठाकुरले छुट्टै वक्तव्य जारी गरी उनीहरुलाई कारवाही नभएको बताएका छन ।


















