माघ दोस्रो हप्तादेखि कोरोना खोपको बुस्टर दिइने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ।।

[sharethis-inline-buttons]

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले माघको दोस्रो हप्ताबाट ६० वर्ष माथिका उमेर समूहलाई कोरोना खोपको बुस्टर लगाइने बताउनुभएको छ । स्वास्थ्य मन्त्री खतिवडाले कोरोनाको तेस्रो चरणको लहरबाट बच्न सावधानी अपनाउन आग्रह पनि गर्नुभयो । सङ्क्रमणलाई कम गर्न सबैले अनिवार्य मास्कको प्रयोग गर्ने र स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने कुरामा उहाँको जोड थियो । मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर लगाएपछि तेस्रो चरणको लहरबाट बच्न सहज हुने सिफारिस गरेकाले सरकारले बुस्टर लगाउने तयारी गरेको बताउनुभयो । मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि आग्रह गर्नुभएको छ । उहाँले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेरमात्रै लकडाउन गरिने बताउनुभयो ।


प्रकाशित : २०७८ पुष २९, बिहीबार १८:१०