माघ २
रुपन्देहीको सियारी गाउँपालिकामा हाल सम्म चौतिस हजार भन्दा बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् ।
गाउंपालिकाको तथ्याङक अनुसार हालसम्म ३४ हजार ८ सय ५९ जनाले खोपको पहिलो मात्र लगाइसकेको र २६ हजार ६ सय ५४ जनाले पुरा खोपको मात्रा लगाएको गाउंपालिकाकि उपाध्यक्ष अमृता गुरुङले जनकारी दिनु भएको छ । अब खोप लगाउन बाकि रहेकाहरु लाई पनि निरन्तर खोप लगाइने उहाले बताउनु भयो ।