लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई बुस्टर डोज दिन सुरु
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई बुस्टर डोज दिन सुरु गरेको छ । प्रदेशका १२ जिल्लामा ६० हजार डोज खोज लगाइदै छ । रुपन्देहीमा सबैभन्दा बढी १६ हजार डोज खोप र रुकुम पूर्वमा अग्रपङ्तिमा रहेर काम गर्ने १५ सय जनालाई खोप लगाउन थालिएको हो । बाँके, कपिलबस्तु र पाल्पा जिल्लामा भने हिजै देखि खोप लगाउन सुरु भएको थियो । आज बर्दिया र दाङमा सुरु भएको छ । रुकुम पूर्व बाहेकका अन्य ६ जिल्लामा भोलीबाट बुस्टर डोज लगाउने तयारी छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा भण्डारण गरेको खोप लिन रुकुम पूर्वदेखि अहिलेसम्म नआएकाले त्यहाँ केही ढिलाई हुने देखिएको छ । अग्रपङ्तिमा खटिनेलाई माघ १४ गतेसम्म खोप लगाउने र त्यसपछि ६० वर्षमाथिका दिर्घ रोगीलाई बुस्टर डोज लगाउने तयारी गरेको स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन कौशल भण्डारीले बताए । लुम्बिनी प्रदेशमा १९ लाख ४२ हजार पाँच सय ६३ जना अर्थात ५२ प्रतिशत जनसंख्याले दोस्रो डोज खोप लगाएका छन् । पहिलो डोजमात्र लगाउने ३१ लाख ५७ हजार दुई सय ९७ जना छन् । प्रदेशका अधिकांश स्थानीय तहमा अहिले छुटेकालाई खोप लगाउने अभियान चलिरहेको छ । अझै यहाँ चार लाख डोज खोप भण्डारणमा छ । तर सिरिन्ज अभाव हुँदा खोप अभियान प्रभावित हुँदै आएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिने लाई बुस्टर डोज दिन सुरु
प्रकाशित : २०७८ माघ ३, सोमबार १७:११
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech