देशभर एकै दिन ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

[sharethis-inline-buttons]

देशभर एकै दिन ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ३ सय ५९ जनामा परीक्षण गरिएको थियो । यो अवधिमा ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ माघ १२, बुधबार १७:२४