
काठमाडौं ।
सरकारले किसानले प्राप्त गर्ने दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकारले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६।०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९।५२ रुपैयाँ थियो ।
किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।