पहुँचयुत्त निर्वाचन प्रणाली अन्त्तर्गत फोटाेसहितको मतदाता नामावली नाम दर्ता कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
नेत्रहिन युवा संघ नेपाल , आइएफइएस र युएसएआइडिकाे सयुत्त सहकार्यमा जिल्ला निर्वाचन कार्यालय भैरहवामा सम्पन्न भएको हो ।
नामावली दर्ता कार्यक्रममा परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्री र परियोजनाका प्रमाेटर लक्ष्मी पाण्डेले सहयोगी भुमिका निर्वाह गर्नु भएको थियो । विभिन्न अपाङ्गता भएका २० जनाको
फाेटाे सहितकाे मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो ।
अपाङ्गता भएका व्यत्तिहरुको निर्वाचनमा पहुँच परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले विभिन्न कार्यक्रममध्य उत्त कार्यक्रम गरिएको बताउनु भयो ।



प्रकाशित : २०७८ माघ १८, मंगलवार १३:५३
















