
माघ १८, तिलोत्तमा
नेपाल भूमीहिन तथा सुकुम्वासी संगठन रुपन्देहीले तिलोत्तमा नगरपालिकाले नगरपालिका भित्रका भूमीहिन तथा सुकुम्वासीसंग समबन्धित कामहरु राष्ट्रिय भूमी आयोगसंग समन्वय नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संगठनले तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । अध्यक्ष टेकसिंह थापाको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा तिलोत्तमा नगरपालिकाले राष्ट्रिय भूमी आयोगसंग कुनै पनि समन्वय र सम्झौता नगरेकोमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट संगठन नेपाल भूमिहिन तथा सुकुम्वासि संगठनको गमभीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

