दृस्टीविहिन कृकेट संघ , लुम्बिनीको तेर्हौ साधारण सभा तथा चौथो अधिबेशन आज नयाँगाउमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै अपांग महासंघ लुम्बिनी प्रदेश सचिब हुमनाथ अधिकारीले आगामी दिनमा सस्था सङ्ग मिलेर हातेमालो गर्दै अगाडि बढने र आफू सङ्गसङ्गै महासंघ पनि सहयोग गर्ने कुरामा कहिल्यै पछि नसर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष निर्मल पौडेलले हिजो गरेको दुखले आज सस्थाले थोरै भए पनि गर्व गर्ने काम भएको कुरा बताउनुभयो ।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्ना खेलाडीहरुलाई सहभागी गराइ सफल भएको पनि बताउनु भयो ।
आज सम्पन्न अधिबेशनबाट निर्बिरोध नौ सदस्यीय कार्य समिती गठन भएको छ ।
समितिको अध्यक्षमा निर्मल पौडेल , उपाध्यक्षमा राम प्रसाद पौडेल , सचिबमा समिक्षा गेवाली,महासचिबमा रुपा बलाल , कोसध्यक्षमा खेमराज सापकोटा रहनुभएको छ। त्यस्तै , सदस्यहरुमा सीता दर्नाल , गीता पौडेल , अब्दुल अहिर , लोकेश डागी रहनुभएको छ ।
कार्यक्रममा सस्थाको आर्थिक प्रतिबेदन सस्थाकी कोषाध्यक्ष गीता पौडेल र सस्थाको प्रगति प्रतिबेदन सस्थाका सह सचिब खेमराज सापकोटा ले प्रस्तुत गर्नु भएको थियो ।
चालीस जनाको उपस्थितमा भएको कार्यक्रमको संचालन सस्थाकि सदस्य समिक्षा गेवालीले गर्नु भएको थियो ।



प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १८:१९
















