रुस र युक्रेनका विदेशमन्त्रीबीच आज भेटवार्ता हुने भएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच टर्कीमा भेटवार्ता हुने तय भएको रुसको विदेश मन्त्रालयले जनाएको हो ।गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेको हो । त्यसयता दुई देशका विदेशमन्त्रीबीच पहिलोपटक भेटवार्ता हुन लागेको हो ।अन्तर्राष्ट्रिय कूटनीतिक फोरममा भाग लिनका लागि दुबैजना विदेशमन्त्री एन्टालिया जाँदै छन् । त्यहि क्रममा दुबै देशका विदेशमन्त्रीबीच भेटवार्ता हुनेछ । टर्कीका विदेशमन्त्री मेभ्लुत काभुसोग्लुको प्रस्तावमा वार्ता हुन लागेको हो । उहाँले आफ्नो मध्यस्थतामा वार्ताको तयारी गर्नुभएको छ । रुस र युक्रेनबीच हालसम्म भएका शान्ति वार्ताले कुनै निष्कर्ष निकाल्न सकेका छैनन्। तर, रुसले मानवीय सहायताका लागि भन्दै मारियोपुलमा १२ घन्टाका लागि युद्धविरामको घोषणा गरेको छ ।


















