बैशाख १४ । हप्ताको चौँथो दिन आज सुनको मूल्य पुनः घटेको छ । मङ्गलवार प्रतितोला ९९३०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज ३०० रुपैयाँले घटेर प्रतितोला ९९००० मा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । त्यस्तै हिजो प्रतितोला ९८८०० मा कारोवार भएको तेजावी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर प्रतितोला ९८५०० कायम भएको छ । चाँदीको मूल्य भने प्रतितोला रु १० ले घटेर १३४० मा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले बताए ।



















