बैशाख १४ । नेपाल सरकारले आजबाट लागू हुने गरी असार मसान्तसम्म १० वस्तुहरुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाल सरकारले मङ्गलवार सुचना प्रकाशन गरी निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ उपदफा ४ बमोजिम यस्तो प्रतिबन्ध लगाएको जानकारी गराएको हो ।
नेपाल सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएका वस्तुहरु निम्न छन् ।
१। कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु ।
२। सबै प्रकारका मदिराजन्य वस्तुहरु, कच्चा पदार्थ बाहेक ।
३। चुरोट तथा सुर्तीजन्य पदार्थहरु, कच्चा पदार्थ बाहेक ।
४। औधोगिक कच्चा पदार्थ बाहेकका हिरा ।
५। मोबाईल सेट ।
६। ३२ भन्दा माथिका रङ्गिन टेलिभिजन ।
७। एम्बुलेन्स र शव वाहन बाहेकका जिप, कार र भ्यानहरु ।
८। २५० सि।सि माथिका मोटरसाईकलहरु ।
९। सबै प्रकारका खेलौनाहरु तथा,
१०। खेल्ने तास ।
नेपाल सरकारले पैठारीमा बन्देज लगाईएका वस्तुहरु नेपालस्थित कुटनितिक नियोगले आफ्नै प्रयोजनका लागी पैठारी गर्दा कुनै बाधा नपर्ने जनाएको छ ।




















