बैशाख १६ । आज शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । बिहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य एक्कासी १२ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपेयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले बताए । त्यस्तै तेजावी सुनको मूल्य ९७ हजार ५ सयबाट बढेर ९८ हजार ७ सय कायम भएको छ । सुनको मूल्य १२ सयले वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर प्रतितोला १३२० रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी महासंघले बताए ।




















