बैशाख १९ । हिजो २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः ८ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९९ हजारमा कारोबार भएको छापावाला सुन ८ सय रुपैयाँले घटेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले बताए। त्यस्तै तेजावी सुनको मूल्य पनि ९८ हजार ५ सयदेखि घटेर ९७ हजार ७ सय कायम भएको छ ।
आज सुनसँगै चादीको मूल्यमा पनि गिरावट आएको छ । हप्ताको पहिलो दिन आईतबार प्रतितोला १ हजार ३ सय मा कारोबार भएको चाँदीको मूल्य एकैपटक १० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी महासंघले बताए।




















