सुनको मूल्य सय रुपैयाँले बढ्यो चाँदी भने स्थिर

[sharethis-inline-buttons]

बैशाख २६ । आईतबार सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला र सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले बताए । त्यस्तै आईतबार ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज बृद्धि भई ९८ हजार २ सय कायम भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले बताए ।


प्रकाशित : २०७९ बैशाख २६, सोमबार १५:३८